IME Life New

कृषि कर्जाकाे आवेदन सात दिनभित्र स्वीकृत नभए राष्ट्र बैंकले कारवाही गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । नेपाल राष्ट्र बैंकले कृषि प्रयाेजनका लागी ब‌ै‌ंकले सानाे रकमकाे कर्जा स्वीकृती प्रकृया सात दिनभित्र नगरे उजुरी गर्न सर्वसाधारणसँग अनुराेध गरेकाे छ। केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले २० लाख रूपैयाँसम्मकाे कृषि कर्जाकाे निवेदन सात दिनभित्र अनिवार्य स्वीकृत वा अस्वीकृत गर्नुपर्ने प्रावधान रहेकाे बारे सर्वसाधारणमा जानकारी गराएकाे छ।

बैंकले कर्जाकाे निवेदन अस्वीकृत गरेकाे अवस्थामा अस्वीकृत गर्नुकाे कारणबारे स्पष्ट खुलाएर लिखितरूपमा नै निवेदकलाई जानकारी दिनुपर्ने प्रावधान छ। ऋण सात दिनभित्र स्वीकृत नभएर साेकाे लिखित जानकारी प्राप्त नभएकाे अवस्थामा बै‌ंक तथा वित्तीय संस्थाविरूद्ध कारवाहीका लागी नेपाल राष्ट्र बैंक समक्ष  https://gunaso.nrb.org.np/ मार्फत् उजुरी दिन समेत राष्ट्र बैंकले सर्वसाधारणसँग अनुराेध गरेकाे छ।

Esewa
Crest

राष्ट्र बैंकले  खाद्यान्न उत्पादन, पशुपंक्षी र मत्स्यपालन जस्ता कार्यका लागी २० लाख रूपैयाँसम्मकाे कर्जा प्रवाह गर्दा माेटर बाटाे नभएकाे खेती याेग्य जमिनलाई समेत धिताेका रुपमा स्वीकार्न सक्ने प्रावधान रहेकाे समेत जनाएकाे छ।

कृषि कर्जाका लागी खेती याेग्य जमिन समेत धिताेकाे रुपमा बै‌ंक तथा वित्तीय संस्थाले अस्वीकार गर्ने र घडेरी धिताेमा राखेर कृषि कर्जा माग्दा समेत निक्कै सकस भाेग्नु परेकाे व्यापक गुनासाे आएपछि राष्ट्र बै‌ंकले कृषि कर्जा सात कार्य दिनभित्र स्वीकृत गर्न बैंकहरूलाई निर्देशन दिइसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS