IME Life New

कृषि ऋणपत्रमा गरिएको लगानीलाई पनि कृषि क्षेत्रमै लगानी गरेको मानिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि ऋणपत्रलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक मौद्रिक समिक्षा मार्फत यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीति मार्फत बैंक वित्तीय संस्थाहरुलाई कृषि ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था गरेको छ ।

प्रथम त्रैमाशिक मौद्रिक समिक्षा अनुसार कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई राष्ट्र बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

Esewa
Crest

राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा विभिन्न क्षेत्रमा प्राथमिकता दिनु पर्ने व्यवस्था गरिदिएको छ । जहाँ कृषि क्षेत्रमा पनि अनिवार्य कर्जा प्रवाह गर्नै पर्ने व्यवस्था छ । यदि बैंकहरुले कृषि ऋणपत्र खरिद गरेको खण्डमा कृषि क्षेत्रमा अथवा प्राथमिकता क्षेत्रमा कर्जा प्रवाह गरेको मानिने व्यवस्था गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS