IME Life New

कुमारी बैंकले दियो ७ जना ग्राहकलाई बीमा सुविधा वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकहरुलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश रु ३३,२५०, रु ३८,०००, रु ३८,०००, रु ३८,०००, रु १७,१०० , रु २८,०७७।२५, र रु ३८,००० बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले हस्तान्तरण गरेको बैंकले जनाएको छ।

Esewa
Crest

बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ । साथै यस बचत योजना अनुसार खातावालालाई निशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र इन्टरनेट बैंकिङ सेवा उपलब्ध रहेको बैंकले जनाएको छ।

बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS