IME Life New

कुमारी बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज २१ गते २२औं वार्षिक साधारण सभाबाट पारित गरेको कर समेत १२ दशमलव ५० प्रतिशत नगद लाभांश लगानीकर्ताको खातामा पठाउन शुरु गरेको छ । उक्त लाभांश साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीको हितग्राहीखातामा उल्लेख भएको बैंक खातामा साधारण सभा सम्पन्न भएको मिति देखि नै जम्मा गरिएको बैंकले जनाएको छ।

हालसम्म पनि खाता अभौतिकिकरण नगराएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीको खातामा लाभांश नआउने भएकोले उनीहरुलाई बैंक खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।

Esewa
Crest

शेयरको प्रमाणपत्र अभौतिकिकरण गरिसकेका शेयरधनीहरुले यथासिघ्र आफुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरीङ्ग हाउसको आइपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तिय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराउन ।

हाल सम्म पनि हितग्राहीखाता खोल्न बाँकी शेयरधनी महानुभावहरुले कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँ वा आफुलाई पायक पर्ने कुनै पनि निक्षेप सदस्यकोमा हितग्राहीखाता खोली आफ्नो शेयरहरु अभौतिकिकरण गर्न, शेयर भौतिक रुपमानै राख्न चाहाने शेयरधनीहरुले आफ्नो नाम थर, तिन पुस्ते विवरण र बैंक खाताको विवरण सहितको निवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा प्रदान गरिदिन आग्रह गरेको छ ।

बैंकका अनुसार बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तिय संस्थाको नियमन अनुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीलेनै व्यहोर्नुपर्नेछ । बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरुलाई सिडीएससीबाट हरेक हप्ता प्राप्त हुने अद्यावधिक विवरणको आधारमा क्रमानुसार बैंक खातामा नगद लाभांश जम्मा गर्ने व्यवस्था मिलाईने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS