IME Life New

कुन बीमालेख बिक्रीबाट जीवन बीमकले कति उठाए प्रिमियम ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म करिब सवा १ खर्ब रुपैयाँको व्यापार गरेका छन्। यो १० महिनामा १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क (प्रिमियम) आर्जन गरेका हुन्।

जीवन बीमकले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चासम्बन्धी सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादी जीवन बीमा र लघु जीवन बीमालेख बिक्री गर्दै आएका छन्। यीमध्ये जीवन बीमकहरुले सावधिक जीवन बीमालेख बिक्री सर्वाधिक प्रिमियम कलेक्सन गरेको देखिन्छ। यो बीमालेख बिक्री गरी जीवन बीमकहरुले ४७ अर्ब ७० करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

दोस्रो धेरै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख बिक्री भएको देखिन्छ। यो बीमालेख बिक्रीबाट जीवन बीमकहरुले २७ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी तेस्रो धेरै बिक्री भएको बीमालेखमा बालबच्चासम्बन्धी सावधिक जीवन बीमा रहेको छ। यो बीमालेख बिक्री गरेर बीमा कम्पनीहरुले १८ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यस्ता छन् अन्य बीमालेख बिक्रीबाट उठेको कुल बीमाशुल्क

  • रुपान्तरित सावधिक जीवन बीमालेखः १६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ
  • आजीवन जीवन बीमालेखः ३ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ
  • वैदेशिक रोजगार म्यादी जीवन बीमालेखः २ अर्ब ५८ करोड १० लाख रुपैयाँ
  • लघु जीवन बीमालेखः २ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ
  • एकल बीमाशुल्क जीवन बीमालेखः १ अर्ब ८९ करोड ३६ लाख रुपैयाँ
  • म्यादी जीवन बीमालेखः १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS