IME Life New

कालिका लघुवित्तको नाफा घट्यो, प्रति शेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ६.८१ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीको नाफा ७ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २९.७२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८६ प्रतिशत घटेको । भने सञ्चालन मुनाफा ६७.४८ प्रतिशतले घटेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशत बढेको छ । यस अवधिमा जगेडा कोषको आकार २४.३३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २९.८६ प्रतिशतले बढेको छ भने निक्षेप १५.०३ प्रतिशत र कर्जा १६.६५ प्रतिशतले बढेको छ।

नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी ६९ रुपैयाँ २० पैसाबाट घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९९ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS