IME Life New

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई असार महिना १८ गते सोमबारको दिन पोशाक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत झापा जिल्ला कमल गा.पा वडा नं. ५ पाडाजुङ्गी स्थित उक्त विद्यालयमा पोशाक हस्तान्तरण गरेको हो ।

अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहिन, बाढिपिडित, सुकुम्वासी, दलित, जनजाती, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई सो पोशाक निःशुल्क रुपमा वितरण गरिएको छ ।

Esewa
Crest

बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख श्री खिम लाल भुषालले श्री गुह्येश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक श्री विष्णु प्रसाद खनाललाई उक्त पोशाकहरु हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS