IME Life New

कामना सेवा विकास बैंकद्धारा सातै प्रदेशको ३५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने भएको छ । आज सप्ताहको पहिलो दिन बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैकले जनाएको छ ।

Esewa
Crest

यसै अनुरुप बैंकले आज पहिलो दिन देशै भरि छरिएर रहेका शाखाहरुबाट सातै प्रदेशको ३५ स्थानमा बृहत्त रुपमा वित्तीय साक्षरता कार्यक्रमका संचालन सम्पन्न गरेको बताएको छ ।

यस दौरानमा बैंक प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबै माझ “प्रगतिको आधार कामना सेवासँग कारोबार” बन्न अतुलनिय योगदान दिने समस्त ग्राहकमहानुभाव, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण महानुभावहरू प्रति सादर नमन व्यक्त गरेको बैंकले जनाएको छ ।

सोही अनुरुप बैंकले यस वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिए सँगै देश व्यापि रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्तबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र फुटसल का साथै जनचेतना सम्प्रेषण सम्बन्धी अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएको  जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS