IME Life New

कामना सेवाको ९७ औं शाखा कास्कीको पुरुन्चौरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुँच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १९ स्थित पुरुन्चौरमा ९७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

Esewa
Crest

कारोबार शुभारम्भ कार्यक्रममा बैंकका संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS