IME Life New

कानुनी छिद्र प्रयोग गरेर कुलिङ पिरियड छल्ने सिइओलाई बीमा समितिको साथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कानुनी छिद्र प्रयोग गरेर कुलिङ पिरियड छल्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई साथ दिएको छ । ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ को पहिलो संसोधन गर्ने क्रममा पनि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु एक तह घटुवा भएर अर्को कम्पनीमा जाने कानुनी छिद्रलाई टाल्न सकेन ।

संसोधनका क्रममा ‘बीमकमा प्रमखु कायकारी अधिकृतको पर्द रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्र यस गरिसक्नु पर्नेछ’ भनिएता पनि एउटा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत छाडेको भोलिपल्टै अर्को कम्पनीमा जाने क्रमलाई भने रोक्न सकेन । समितिले कम्पनीलाई तीन महिना भित्रमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिक्नु पर्नेछ भनेर केहि हदसम्म टाल्न खोजे पनि यो प्रभावकारी हुने देखिदैन ।

Esewa
Crest

यदि कम्पनीले बहालवाला प्रमुख कार्यकारी अधिकृतलाई तीन महिना पछि हटाउने समयावधि राखेर अर्को कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई तीन महिना अगाडी नै सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गराए भने यो व्यवस्थाले काम गर्दैन । यसरी हायर फायर गर्ने रणनीति बनाएर अगाडी बढ्दा बाँकी रहेको तीन महिना पछि उनिहरुले संस्थागत सुशासन अनुसार नै नियुक्त गर्न भ्याउछन् । समितिले कम्पनीहरुलाई सहज हुने गरि यस्तो नियम बनाइदिदा कुलिङ पिरियडको कार्यान्वयन हुन सक्दैन ।

केहि समय अगाडी मात्रै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जनले कुलिङ पिरियड छल्दै नेपाल इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनि ६ महिनाको कुलिङ पिरियडको व्यवस्था छल्न नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली पनि नेपाल लाइफको डिसिइओमा नियुक्त भइसकेका छन् । तर उनको विवरण अहिलेसम्म नेपाल लाइफको वेवसाइटमा खुलाइएको छैन ।

यसरी कम्पनीहरुले खुलेआम संस्थागत सुशासनको निर्देशिकालाई धज्जी उडाउन पनि नियामक निकाय बीमा समितिले सुनुवाइ गर्न सकेको छैन । जवकी नेपाल राष्ट्र बैंककै शैलीलाई कपि गर्ने बीमा समितिले उक्त यस्तो कार्यशैलीलाई भने पछ्याउन सकेको छैन ।

यो पनि पढ्नुहोस्

कुलिङ पिरियडको धज्जी उडाउँदै वीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्समा नियुक्त, एक दिन पनि खाली बसेनन्

रिलायन्स लाइफले प्रविण रमणको कार्यकाल थपेन, नेपाल लाइफको डिसिइओमा जादै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS