IME Life
Beema Board

कुलिङ पिरियडको धज्जी उडाउँदै वीर कृष्ण महर्जन नेपाल इन्स्योरेन्समा नियुक्त, एक दिन पनि खाली बसेनन्

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जनले कुलिङ पिरियड छल्दै नेपाल इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । नियम अनुसार प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियड लागु हुन्छ । उनले प्रुडेन्सियलमा कार्तिक पहिलो साता राजिनामा दिएर बाहिरिएका थिए ।

नेपाल इन्स्योरेन्स कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले कार्तिक ७ गतेदेखि नै लागु हुने गरी आगामी ४ वर्षको लागि बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् । उनलाई कुलिङ पिरियड सकिने वित्तीकै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने गरी हाललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

Prabhu
Crest

प्रुडेन्सियलको सञ्चालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको थियो । तर नेपाल इन्स्योरेन्सले कार्तिक ७ गतेदेखि नै लागु हुने गरी डिसिओमा नियुक्त गरेको हो । कानुनी छिद्रको दुरुपयोग गर्दै उनलाई जिम्मेवारी दिइएको छ । प्रडेन्सियलमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका व्यक्तिलाई एक पद तल झारेर दुई दिन पनि कुलिङ पिरियड नराखी नियुक्ती दिइएको हो ।

एउटा कम्पनीमा काम गरिरहेको प्रमुख कार्यकारी अधिकृतले भोलिपल्टै अर्को कम्पनीमा जिम्मेवारी बहन गर्दा संस्थागत सुशासनका हिसावले पनि राम्रो मानिदैन । बीमा समितिले बीमा क्षेत्रमा यस्तो अराजकतालाई नियन्त्रण गर्नु पर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा यस्तै हर्कत भएको पाइएपछि प्रमुख कार्यकारी अधिकृतले ६ महिनासम्म अन्य बैंक वित्तीय संस्थामा कुनै पनि भुमिकामा नियुक्त हुन नपाउने व्यवस्था गरिदिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS