IME Life New

कात्तिक महिनामा सञ्चालित अनलाइन परिक्षामा सहभागीमध्ये २१९ जनाले पाए लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक महिनामा सञ्चालन गरेको अनलाइन परिक्षामा उतीर्ण भएर २१९ जनाले जीवन बीमा अभिकर्ता इजाजत पत्र प्राप्त गरेका छन् ।प्राधिकरणले कात्तिक १७ गतेदेखि चरणबद्धरुपमा परिक्षा सञ्चालन गरेकोमा सहभागीमध्ये २१९ जना उतीर्ण भएका हुन् ।

कात्तिक १७ गते सञ्चालित परिक्षामा ३९ जना, २० गते सञ्चालित परिक्षामा ५१ जना, २२ गतेको परिक्षामा ५८ जना, २४ गतेको परिक्षामा ७१ जना उतीर्ण भएका छन् । प्राधिकरणले सहभागीमध्ये कति प्रतिशत उतीर्ण भए भन्नेबारे प्राधिकरणले जानकारी सार्वजनिक गरेको छैन । प्राधिकरणका अधिकारीका अनुसार परिक्षामा सहभागीमध्ये उतीर्ण हुनेको स‌ंख्या ५० प्रतिशतभन्दा बढी छ।

Esewa
Crest

उतीर्ण भएकामध्ये नेशनल लाइफबाट ४५ जना, हिमालयन लाइफबाट ३१ जना, नेपाल लाइफबाट २७ जना, आइएमई लाइफ इन्स्योरेन्सबाट २६ जना, एशियन लाइफ इन्स्योरेन्सबाट २५ जना, सूर्यज्योती लाइफबाट १७ जना, मेट लाइफबाट १३ जना, एलआइसी नेपालबाट १० जना, प्रभू महालक्ष्मीबाट १० जना,  राष्ट्रिय बीमा स‌ंस्थानबाट ३ जना, प्राइम लाइफबाट ३ जना, रिलायबल लाइफबाट ४ जना, सानिमा रिलायन्स र सन नेपाल लाइफबाट २-२ जना र सिटिजन लाइफबाट १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS