IME Life New

काठमाडाैं महानगरले भाटभटेनीलाई गर्यो रू २ लाख जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ढुसी परेको नरिवल बिक्री गरेको फेला परेपछि काठमाडाैं महानगरपालिकाले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिलाई २ लाख रूपैयाँ नगद जरिवाना गरेको छ।

त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेण्टरको भुइँ तल्लामा सञ्चालनमा रहेको सुपरमार्केटको खाद्यान्न स्टोरमा बिक्रीका लागि राखिएको नरिवलमा ढुसी परेको फेला परेपछि नगद जरिवाना गरिएको महानगरका निरिक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।

Esewa
Crest

महानगरका अनुसार ५ सय ग्राम वजनको ड्राइ कोकोनटको ४४ वटा प्याकेटको नरिवलमा ढुसी परेको फेला परेपछि बरामद गरी भाटभटेनीका प्रतिनिधिको रोहबरमा नष्ट समेत गरिएको थियो । महानगरले कल सेण्टरमा आएको सूचनाका आधारमा कृषी तथा पशुपंक्षी विभागका कर्मचारीले नगर प्रहरी सहित स्थलगत अनुगमन गर्दा गडबडी फेला परेको हो।

महानगरले यसअघि चाैधरी समूहको वाइवाइ ब्राण्डको चाउचाउमा समेत अखाद्य तेल प्रयोग गरेको पुष्टी भएपछि दुइ लाख रूपैयाँ नगद जरिवाना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS