IME Life New

कहिलेसम्म शेयर किन्नेले माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने असोज ७ गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले २५औं वार्षिक साधारण सभा असोज १८ गते, बिहीबार सभा बोलाएको हो । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा गर्ने बैंकले जनाएको छ । वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीको भदौ २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS