IME Life New

कर्मचारीकाे सामूहिक जीवन बीमाका लागी माछापुच्छ्रे बैंकले माग्याे प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । माच्छापुच्छ्रे बैंकले आफ्नाे सबै कर्मचारीकाे सामूहिक जीवन बीमाकाे लागी ईच्छुक जीवन बीमा कम्पनीसँग प्रस्ताव माग गरेकाे छ । बैंकले बुधबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसका कर्मचारीकाे सामूहिक जीवन बीमाकाे लागी प्रस्ताव माग गरेकाे हाे ।

सूचनामा बीमाशुल्क दर तालिका,बीमालेखकाे सेवा तथा शर्त, फाइदाहरू स्पष्टसँग खुलाउन अनुराेध गरिएकाे छ । प्रस्ताव पेश गर्नकाे लागी १५ दिनकाे अवधि दिइएकाे छ । साथै प्रस्ताव पेश गर्नकाे लागी ६ हजार रूपैयाँ शुल्क भुक्तानी गरेर आवेदन फारम खरिद गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएकाे छ ।

Esewa
Crest

बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनीले नै आवेदन दिएकाे अवस्थामा माच्छापुच्छ्रे बै‌ंकले आवेदन शुल्कवापत १ लाख १४ हजार रुपैयाँ असुल्ने छ ।

सामान्यतया प्रक्रयागत खर्च, प्रशासनिक खर्च, विज्ञापन वापतकाे खर्च असुल्नकाे लागी आवेदन शुल्क लिने अभ्यास रहेकाे छ । दुख दिने नियतले अवाञ्छित व्यक्ति वा संस्थाले जथाभावी बाेलपत्रमा वा प्रस्तावमा सहभागीता नजआअाेस् भन्ने उद्देश्यले यस्ताे शुल्क ताेक्ने गरिए पनि बैंक वित्तीय संस्थाले प्रत्येक पत्र बाेलपत्र वा प्रस्ताव आह्वान गर्दा शुल्कवापत तुलनात्मकरुपमा महँगाे रकम ताेकेर मनग्ये रकम असुल्ने गरेकाे आराेप लाग्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS