IME Life New

कर्णाली प्रदेशका उद्योग व्यवसायी सँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेश तथा जिल्लाका उद्योग व्यवसायीका प्रतिनिधिहरुसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्री कृष्ण कुमार विसी थिए ।

Esewa
Crest

कार्यक्रममा सोडारीले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुति दिएका थिए । प्राधिकरणले उद्योगी व्यवसायीहरुलाई पनि बीमाको महत्व रहेको भन्दै यस्तो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विशेष अतिथिको रुपमा कर्णाली प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण सचिव डा. विनोद प्रसाद देवकोटा, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही, उत्पाध्यक्ष हस्त विक्रम खड्का, कोषाध्यक्ष भानुभक्त बराल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेश केशर खनाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका वरिष्ठ सहायक विश्वराज भट्टराईले दिएका थिए । प्रदेशक प्रमुख सोडारीको प्रस्तुतिकरण पछि सहभागीहरुको जिज्ञासाहरु लिइएको थियो । सहाभागीहरुले व्यक्त गरेका जिज्ञासालाई प्राधिकरणका प्रतिनिधिहरुले जवाफ दिएका थिए । सहभागीहरुले बीमा कम्पनीहरुले दाबी नदिएको, कृषि तथा पशुपन्छी बीमा गर्न नपाएको लगायतका गुनासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS