IME Life New

एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनीमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई भाटभटेनीमा छुट पाउने भएका छन् । बैंकको डेबिट क्रेडिट कार्डबाट तथा बैंकको एपबाट स्मार्ट क्युआर भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट दिने अफर ल्याएको हो ।

बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ आश्विन १ गते देखि २०७९ कात्तिक १५ सम्म भाट(भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहक महानुभावहरुलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ।

Esewa
Crest

बैंकले यस अघि सार्वजनिक गरेको दशैं तिहार महोत्सव योजनामा पनि भाटभटेनी सपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट ५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।

जसअनुसार २०७९ कार्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीइओएस तथा बैंकको एप मार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छट उपलब्ध रहेको बैंकले जनाएको छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ईकमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको बैंकले उल्लेख गरेको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS