IME Life New

कर्जाको ब्याजमा जरिवाना असुल्ने जीवन बीमकले अग्रिम भुक्तानीको बाँकी रकममा ब्याज कहिले दिने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय साक्षरता र पर्याप्त जानकारीको अभावमा बीमित र लाभग्राहीले जीवन बीमा कम्पनीबाट आवधिक भुक्तानीवापतको ठूलो रकम भुक्तानी लिन पाएका छैनन् । अर्कोतर्फ बीमितले पाउनुपर्ने भुक्तानी लामो समयसम्म नदिएर साँवा मात्र फिर्ता गर्ने जीवन बीमकले बीमालेख कर्जाको ब्याज रकममा भने पूँजीकृत गरेर पुनः ब्याजको भार थप्दै आएका छन् ।

नेपाल बीमा प्राधिकरणले बीमितलाई भुक्तानी गर्नुपर्ने रकम तत्कालै भुक्तानी गर्ने व्यवस्था मिलाउन जीवन बीमकलाई निर्देशन दिए पनि अझैसम्म पनि बीमित वा लाभग्राहीले प्राप्त गर्नुपर्ने ठूलो रकम जीवन बीमा कम्पनीको बैंक खातामै जम्मा छ, तिनले नै ब्याजको लाभ उठाई रहेका छन् । जानकारीको अभावमा अग्रिभ भुक्तानी वा जीवित लाभ(सर्भाइभल बेनिफिट) प्राप्त गर्नुपर्ने बीमितले आफूले यस्तो रकममा ब्याज आम्दानी गरेका हुँदैनन्, तर उनीहरूले लिएको कर्जाको रकम भुक्तानी नगर्दा भने ब्याजको पनि ब्याज रकम भुक्तानी गर्नुपर्छ।

Esewa
Crest

जीवन बीमा कम्पनीले बीमालेखको धितोमा कर्जा रकम उपलब्ध गराउँछन् । यस्तो कर्जावापतको ब्याज प्रत्येक ६ महिनाको अन्तरालमा बीमितले अनिवार्यरूपमा भुक्तानी गर्नुपर्छ । ब्याज भुक्तानी नगरेको अवस्थामा तत्कालै ब्याज रकमलाई समेत पूँजीकृत गरेर बीमकले बीमितसँग चक्रवर्तीरूपमा ब्याज असुली गर्छन् ।

सेवाग्राहीको उजुरी र पेशागत बीमा अभिकर्ता संघ बीमक समितिको माग र दबाब पछि नेपाल लाइफ इन्स्योरेन्सले जेठ १७ गतेदेखि अग्रिम भुक्तानीवापतको रकमलाई बीमालेख कर्जाको ब्याज र साँवा भुक्तानीमा स्वतः मिलान गर्ने सार्वजनिक सूचनामार्फत् जानकारी गराएको छ। अन्य जीवन बीमकले पनि कर्जा उपभोग गरेका बीमितको ब्याज र साँवा भुक्तानीमा अग्रिम भुक्तानीवापतको रकम स्वतः मिलान हुने सुविधा दिएर बीमितलाई अनुचित ब्याजको भारबाट मुक्त राख्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS