IME Life New

कमिशन कटाैतीको घोषणापछि एलआइसीका अभिकर्ता देशव्यापी आन्दोलनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं। जीवन बीमालेखको बिक्रीवापतको कमिशनमा कटाैतीसँगै भारतीय जीवन बीमा निगम( एलआईसी) ले असन्तुष्ट अभिकर्ताहरूबाट विरोधको सामना गर्नुपरेको छ। अभिकर्ताले नयाँ विशेष समर्पण मूल्यमा नयाँ  मापदण्ड लागू भएपछि “कमिशन भुक्तानी घटाउने” एलआईसीको निर्णयप्रति विरोध जनाइ रहेका छन् ।

यी नियमहरू, जुन अक्टोबर १ देखि चालू बीमालेखहरूको लागि लागू भएको थियो । नयाँ प्रावधानले बीमालेखको पहिलो किस्ता रकम तिरेकै वर्ष बीमितले चाहेमा बीमालेख समर्पण गर्न र चुक्ता मूल्यका आधारमा समर्पण मूल्य भुक्तानी लिन पाउने सुविधा दिएको छ। एलआईसीले, बीमितले पहिलो वर्षमै बीमा रकम फिर्ता लिएको अवस्थामा अभिकर्ताले कमिशन पनि फिर्ता गर्नुपर्ने नयाँ प्रावधान कार्यान्वयनमा ल्याउन लागेको छ।

Esewa
Crest

मनिकन्ट्रोल डटकमका अनुसार बीमा अभिकर्ताले एलआईसीको निर्णय फिर्ता लिन माग गरिरहेका छन्। अभिकर्ताले देशभरका शाखाहरूमा राष्ट्रव्यापी आन्दोलन र प्रदर्शन गर्ने योजना बनाएका छन्।

मध्यस्थकर्ताको संघ, भारतीय जीवन बीमा अभिकर्ता महासंघ( लाइफ इन्स्योरेन्स एजेन्ट्स फेडरेशन अफ इन्डिया)ले आफ्ना सदस्यलाई पत्र लेख्दै कमिशन दर सम्बन्धि नयाँ प्रावधान खारेजीका लागि दबाब दिन आग्रह गरेको छ। “एक वर्षको समर्पण मूल्य समावेश गर्न, एलआईसीले हाम्रा कुनै पनि संस्थासँग परामर्श नगरी धेरै परिवर्तनहरू गरेको छ। परिवर्तनहरू न त अभिकर्ता मैत्री छन्, न त बीमित अनुकूल छन्,” । एशोसिएशनले अक्टोबर ३० सम्म एलआईसीका कार्यालयमा शृङ्खलाबद्ध प्रदर्शन गर्ने योजना बनाएको छ।

विशेष समर्पण मूल्य मापदण्डहरू भारतीय बीमा नियामक र विकास प्राधिकरणद्वारा गत मार्चमा जारी गरिएको संशोधित बीमा उत्पादन नियमहरूको अंश हो । विशेष समर्पण मूल्यले गलत बिक्री वा बीमाशुल्क भुक्तानी गर्न असक्षमताको कारणले सावधिक योजनाका बीमितका लागि बीमा अवधि पुरा नहुँदै बाहिरिएको अवस्थामा अधिक रकम भुक्तानी दिलाउनेछ।

नयाँ नियम लागू भएपछि, आफ्नो बीमालेख समर्पण गर्ने बीमितले पहिलेको भन्दा फरक, पहिलो बीमाशुल्क तिरेर समर्पण गरे पनि आफ्नो बीमाशुल्कको एक अंश फिर्ता पाउन योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS