IME Life New

कमलेश अग्रवाललाई राजिनामा दिन प्राधिकरणको निर्देशन, ‘बावु छोरा उस्तै किसिमका कम्पनीमा बस्न मिल्दैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाललाई पदबाट राजनिमा दिन निर्देशन दिएको छ । बीमा प्राधिकरणले नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र उनका छोरा जयन्त कुमार अग्रवाल उस्तै प्रकृतिका दुई छुट्टा छुट्टै जीवन बीमा कम्पनीको सञ्चालक भएको भन्दै दुई मध्ये एकलाई पदबाट राजिनामा दिन निर्देशन दिएको हो । एकाघरका बाबु छोरा नै दुई छुट्टा छुट्टै बीमा कम्पनीको सञ्चालक भएको पाइएकोले एक जनालाई पदबाट हट्न निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । कमलेशको विषयमा धेरै नै विवादहरु सार्वजनिक भएकाले यस घटनामा सकेसम्म बाबुले राजिनामा दिदा उत्तम हुने प्राधिकरणको चाहना छ ।

प्राधिकरणले संस्थागत सुशासन विपरित सञ्चालक पदमा पुनः नियुक्ति लिएका नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र सञ्चालक विष्णु खेतान अग्रवाललाई तत्काल बर्खास्त गर्न कम्पनीलाई निर्देशन दिएको छ । नेपाल लाइफमा पनि धेरै सञ्चालक दुई वा सो भन्दा बढि कार्यकाल सञ्चालक रहदै आएका छन् । यसरी नेपाल इन्स्योरन्स कम्पनीका सञ्चालकलाई बर्खास्त गर्न निर्देशन दिन सक्ने प्राधिकरणले किन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकलाई पनि उहि नियम लागु नभएको प्रश्नमा प्राधिकरणका अध्यक्ष सिलवालले उनिहरुलाई पनि कारबाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Esewa
Crest

नेपाल लाइफका सञ्चालक अग्रवालका छोरा जयन्त अग्रवाल  सूर्यज्योति लाइफको स्वतन्त्र सञ्चालक छन् । नेपाल लाइफमा संस्थागत सुशासन विपरित अनेकौ काम गर्ने कमलेश अग्रवालले बीमा ऐनकै विरुद्धमा आफ्नै छोरालाई सूर्यज्योति लाइफमा सञ्चालक बनाएका हुन् । जवकी बीमा ऐन २०७९ को दफा ४७ को उपदफा तीनमा एकाघरको परिवारको एक भन्दा बढी व्यक्ति एकै बीमकको वा समान किसिमको बीमकको सञ्चालक हुन पाउने छैन भनिएको छ ।

तर कमलेश अग्रवालले बीमा ऐनलाई धज्जी उडाउदै समान किसिमको बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालक पदमा आफ्नै छोरालाई पठाएका छन् । कमलेश आफै पनि लामो समय नेपाल लाइफको स्वतन्त्र सञ्चालक थिए । कहिले स्वतन्त्र कहिले संस्थापक  समुहबाट सञ्चालक हुँदै आएका अग्रवाललाई नेपाल बीमा प्राधिकरणले कारबाही गर्न सकेको छैन । यसले गर्दा पनि प्राधिकरणले यस पटक कमलेश आफै कम्पनीबाट हटुन् भन्ने चाहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

4%
sad

दु :खी

23%
amazed

अचम्मित

8%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS