IME Life New

ओम डेभलपमेन्ट बैंकको साधारण सभा साउन २७ गते, एनएमबिसँग मर्ज हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ओम डेभलपमेन्ट बैंकले साउन २७ गते १२ औं वार्षिक साधारण सभा हुने भएको छ । साउन ३ गते बसेको बैंकको संचालक समितिको बैंठकको निर्णय अनुसार साधारण सभाको मिति तय गरेको हो । साधारण सभा होटल पोखरा ग्रान्ड, घरीपाटन पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।

ओमले एनएमबि बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित गर्ने प्रस्ताव पनि रहेको छ ।

Esewa
Crest

ओम र एनएमबिले जेठ २ गते मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । साथै, यी दुर्व बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्धान्तिम सहमति प्रदान गरिसकेको छ । केन्द्रीय बैंकले असार ८ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको थियो ।

मर्जरपछि बन्ने बैंकको नाम एनएमबि बैंक नै रहने छ । मर्जर प्रक्रियामा रहेका कारण हाल यी दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS