IME Life New

एसबीआई क्यापिटल मार्केट्स एसबिआइक्याप्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं , भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ । उक्त समझदारी पत्रको प्रमुख लक्ष्य परियोजनामा लगानी, Syndication, Project Appraisal नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ ।

नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ ।

Esewa
Crest

उक्त समझदारी पत्रमा भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएका एसबीआई क्यापिटल मार्केट्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरे ।

उक्त हस्ताक्षर कार्यक्रम भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध संचालक सि. एस. सेट्टी, भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएका कम्पनी एसबीआई क्यापिटल मार्केट्सका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष श्री जयती बन्सल तथा अन्य संचालकहरु, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे तथा लगायतका अन्य वरिष्ठ महानुभावहरुको गरिमामय उपस्थिति थियो ।

समझदारी पत्रमा हस्ताक्षर गर्न पाउँदा दुवै पक्षले गर्वित महसुस गर्नुका साथै यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS