IME Life New

एशियन लाईफ १६ औं वर्षमा, कूल बीमाशुल्ककाे ८७ प्रतिशत बीमा काेषमा जम्मा गर्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्याेरेन्स (ALICL) आजबाट १६ औं वर्षमा प्रवेश गरेकाे छ। वार्षिकाेत्सवकाे अवसरमा देशभरका शाखा, उपशाखा मार्फत् सामाजिक उत्तरदायीत्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयाेजना गरिरहेकाे कम्पनीले प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ।

कम्पनीले प्रकाशन गरेकाे जानकारी अनुसार फागुनसम्ममा कम्पनीकाे जीवन बीमाकाेष ३५ अर्ब ६० कराेड रूपैयाँ पुगेकाे छ। कम्पनीले यस अवधिमा ४० अर्ब  ८५ कराेड रुपैयाँ बीमाशुल्क आर्जन गरेकाे छ। कूल बीमाशुल्क आम्दानीकाे ८७ प्रतिशत रकम कम्पनीले बीमा काेषमा जम्मा गर्न सफलता पाएकाे छ। यस अवधिमा कम्पनीकाे लगानी ३९ अर्ब ८ कराेड रुपैयाँ पुगेकाे छ। याे कम्पनीसँगै २०६४ सालमा संचालनमा आएका अन्य जीवन बीमा कम्पनीहरूकाे तुलनामा जीवन बीमा काेष र लगानी दुबै निक्कै ठूलाे हाे ।

Esewa
Crest

यसैगरी चालू आर्थिक वर्ष २०७९।८० काे फागुन मसान्तसम्ममा एशियन लाईफ इन्स्याेरेन्सले कूल ४ अर्ब ५५ कराेड रुपैयाँ बीमाशुल्क आर्जन गरेकाे छ। याे कम्पनीमा हाल ६ लाख ११ हजार सकृय बीमालेख रहेका छन् । २ अर्ब ९० कराेड रुपैयाँ चुक्ता पूँजी रहेकाे याे कम्पनीले गत आव २०७८।७९ काे नाफाबाट करिब ८ प्रतिशत बाेनश शेयर वितरण गर्ने घाेषणा गरिसकेकाे छ।

पछिल्लाे समयमा लगानी विविधतालाई प्राथमिकता दिएकाे याे कम्पनीले बीमा क्षेत्रकै पहिलाे लगानी व्यवस्थापक कम्पनी एशियन क्यापिटल लिमिटेड र चार तारे हाेटल क्राउन इम्पेरियलमा लगानी गरेकाे छ।

करिब ४ सय जनाले प्रत्यक्ष राेजगारी पाएकाे याे कम्पनीले देशभर ११ हजारभन्दा बढी सकृय अभिकर्ता र देशभर १५१ वटा शाखा,उपशाखामार्फत् बीमितलाई जीवन बीमा सेवा प्रदान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

11%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS