IME Life New

एशियन लाईफ इन्स्योरेन्सको जुम्ला उपशाखा अब शाखामा स्तरोन्नती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन १६, एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जुम्ला उप-शाखा शाखामा स्तरोन्नती भएको छ । इन्स्योरेन्सले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले उक्त उपशाखालाई २६ औं शाखाको रुपमा परिणत गरी मंगलबारदेखि संचालनमा ल्याएको जनाएको छ । एशियन लाईफ कम्पनीले २६ वटा शाखा र ६९ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै जाने लक्ष्य कम्पनीको छ ।

Esewa
Crest

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पत्ती सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना, सरल सुरक्षा म्यादि जीवन बीमा योजना, जन कल्याण म्यादि जीवन बीमा योजना लगायत १७ वटा बीमा योजनाहरु सञ्चालनमा ल्याएको छ ।

हाल ५० प्रतिशत हकप्रद विक्री गरिरहेको कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख रहेको छ । मंगलबार मात्र यहि पूँजीको १२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनस र हकप्रद निश्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३० करोड ५० लाख रुपैयाँ पुग्नेछ । प्रस्तावित बोनस बीमा समितिबाट आर्थिक बर्ष ७३/७४ को बित्तिय विवरणहरु स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण हुनेछ ।

पुस समान्तसम्म कम्पनीको जीवन बीमा कोष ११ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तथा लगानी १० अर्ब ७९ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS