IME Life New

एशियन लाईफले किन किन्दैछ काठमाण्डाैं उपत्यकामा थप घरजग्गा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं।  काठमाण्डाै‌ं महानगरकाे दुई वटा प्राइम लाेकेशनमा घर जग्गा सहितकाे सम्पत्ती रहेकाे एशियन लाईफ इन्स्याेरेन्स कम्पनीले उपत्यका भित्र थप घरजग्गा खरिद गर्नका लागी प्रस्ताव आह्वान गरेकाे छ। इन्स्याेरेन्सले म‌ंगलबार १५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै काठमाण्डाैं र ललितपुर जिल्ला भित्र २ देखि ३ राेपनी क्षेत्रफलकाे घरजग्गा खरिद गर्नका लागी ईच्छुक व्यक्ति र संस्थासँग प्रस्ताव माग गरेकाे हाे ।

प्रकाशित सूचनामा काठमाण्डाैं जिल्लाकाे काठमाण्डाै‌ महानगर र ललितपुर जिल्लाकाे ललितपुर महानगरकाे चक्रपथ भित्र वा चक्रपथले छाेएकाे घरसहितकाे जग्गा वा जग्गा मात्र बिक्रीका लागी ईच्छुकसँग शिलबन्दी प्रस्ताव आह्वान गरिएकाे छ। कम्तीमा २० फिट फराकिलाे सडक हुनुपर्ने, कानूनी विवाद नभएकाे हुनुपर्ने शर्त रहेकाे छ । यसबाहेक बैंक वित्तीय संस्थाबाट कर्जाका लागी धिताेमा रहेकाे भए साेकाे विवरण समेत खुलाउनुपर्ने उल्लेख छ।कम्पनीले भवनसहितकाे जग्गा खरिदलाई प्राथमिकता दिने सूचनामा उल्लेख गरेकाे छ।

Esewa
Crest

स्थापनाकाे १५ वर्ष पुरा गरिसकेकाे एशियन लाईफ इन्स्याेरेन्ससँग काठमाण्डाै‌ं महानगर वडा नम्बर ३० मैतीदेवीमा करिब ५ आना क्षेत्रफल जग्गामा चार तल्ले प्रधान कार्यालय रहेकाे एशियन लाईफ भवन र वडा नम्बर १ नक्सालमा ३७ आना जग्गा समेत रहेकाे छ। यी दुबै ठाउँ राजधानीकाे प्राइम लाेकेशन मानिन्छ । कार्यालय सञ्चालनकाे हिसाबले कम्पनीकाे हालकाे प्रधान कार्यालय भव न साँघुराे र कुनै शाखा कार्यालय जस्ताे देखिन्छ।

आर्थिक वर्ष २०७८।७९ काे वार्षिक प्रतिवेदनकाे कभर पेजमार्फत् प्रस्तावित कर्पाेरेट भवनकाे बनाेट समेत कम्पनीले सार्वजनिक गरिसकेकाे छ। भवन निर्माण कार्य शुरु भएकाे छैन । भवन निर्माणकाे काम शुरु नहुँदै नयाँ ठाउँमा जग्गा वा घरसहितकाे जग्गा खरिद गर्नेतर्फ कम्पनी व्यवस्थापन र सञ्चालक समितिकाे ध्यान केन्द्रित देखिएकाे छ। बजारमा देखिएकाे मन्दी र असार मसान्तकाे समय पारेर कम्पनीले थप घरजग्गा खरिद गर्ने तयारीलाई अर्थपूर्णरुपमा हेरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

22%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS