IME Life New

एशियन लाइफ इन्स्योरेन्स र ज्योति विकास बैंकबीच बैंकासुरेन्स सम्झौता, बैंकको जुनसुकै शाखाबाट विमा गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं चैत्र । सोमबार ज्योति विकास बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो, भरपर्दो सेवा पुर्याउने उद्देश्येले उक्त सम्झौता गरेको हो ।

Esewa
Crest

सम्झौतापत्रमा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीे र इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने छ ।

बैंकका अनुसार हाल ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा बैंकले १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब १ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS