IME Life New

एशियन लाइफले बढाएर घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँ पाउँदा कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको पुस १२ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख
यस बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६१ रुपैयाँ निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम गरेको छ ।

Esewa
Crest

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४२ हजार ९ सय ७३ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

बालबालिकाको सावधिक जीवन बीमालेख
बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४४ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ लाख ५२ हजार १९९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन ।

सावाधिक जीवन बीमालेख
सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै १ लाख ४ हजार ६८७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा भने कम्पनीले १० वर्ष अवधिको लागि ५० रुपैयाँ, १२ वर्ष अवधिको लागि पनि प्रति हजार ६० रुपैयाँ, १५ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, १८ वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ र २० वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिको लागि कम्पनीले प्रति हजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।
कम्पनीले सबैभन्दा धेरै १५ वर्षे अवधिको ९ हजार ८ सय ८० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

सामुहिक सावाधिक,नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस,एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा भविष्य निधी(प्लान६,१८,२१,२५,२७)
यस बीमालेखको हकमा कम्पनील १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

7%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS