IME Life New

एशियन लाइफले नेपालमै पहिलाे पटक ल्यायाे टर्मिनल बाेनशकाे सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । एशियन लाइफ इन्स्याेरेन्सले नेपालमा पहिलाे पटक टर्मिनल बाेनश सुविधा सहितकाे जीवन बीमा याेजना प्रचलनमा ल्याएकाे छ। टर्मिनल बाेनश र सिम्पल रिभर्सनरी बाेनश सुविधा सहित ‘एशियन सावधिक प्लस’ जीवन बीमा याेजना प्रचलनमा ल्याएकाे हाे ।

याे बीमा याेजनामा दश वर्ष अवधि पुरा भएपछि बीमितलाई कम्पनीले सामान्य बाेनशबाहेक थप अतिरिक्त (टर्मिनल) बाेनश समेत प्रदान गर्नेछ। टर्मिनल बाेनश सम्बन्धी सुविधा नभएका बीमा याेजनाकाे तुलनामा यस्ताे बीमा याेजनाकाे बाेनश दर धेरै हुने गरेकाे छ।

Esewa
Crest

कम्पनीका अनुसार जीवन बीमालेख अन्तर्गत ५ देखि ३० वर्ष अवधिकाे लागी बीमा गर्ने सुविधा रहेकाे छ । कम्तीमा २५ हजार रुपैयाँकाे जीवन बीमा गर्नुपर्नेछ। कम्पनीले बीमितकाे आर्थिक अवस्थाकाे आधारमा अधिकत्तम बीमा निर्धारण गर्नेछ ।

एशियन सावधिक प्लस बीमा याेजनामा बीमितले बीमा अवधि पुरा भएपछि बीमा‌ंक रकम र बाेनश रकम एकमुष्ठ प्राप्त गर्नेछ्न् । कम्पनीले बीमा अवधि पुरा नहुँदै बीमितकाे निधन भएकाे अवस्थामा बीमांक रकम र नियम अनुसारकाे बाेनश रकम दिनेछ।

यसबाहेक बीमितले दुर्घटना मृत्यु लाभ, पूर्ण अपाङता, बीमाशुल्क सुविधाकाे साथै घातक राेगविरूद्धकाे रक्षावरण समेत याे बीमामा थप गर्न पाउने सुविधा दिइएकाे छ। सावधिक विशेषताकाे जीवन बीमा याेजना भएकाले बीमालेख जारी भएकाे तीन वर्ष अवधि पुरा भएपछि बीमालेखलाई धिताेकाे रुपमा राखेर कर्जा सुविधा समेत उपभाेग गर्न सक्ने सुविधा छ।

न्यूनत्तम दश वर्षकाे अवधिसम्म बीमालेखलाई निरन्तरता दिने बीमितले बीमालेख धिताे कर्जा र समर्पण मूल्यका लागी पनि सिम्पल रिभर्सनरी बाेनश सहित टर्मिनल बाेनशकाे आधारमा थप सुविधा प्राप्त गर्नेछन् । टर्मिनल बाेनशकाे प्रावधानबाट छाेटाे समयमै बीमालेख समर्पण गर्ने वा व्यतित गर्ने प्रवृत्तीलाई निरुत्साहित गर्न सहयाेग पुग्ने अपेक्षा सहित नेपाल बीमा प्राधिकरणले बाेनश सिद्धान्त(बाेनश फिलाेसपी) मा टर्मिनल बाेनश सम्बन्धी प्रावधान समेत लागू गरेकाे हाे ।

छिमेकी मुलुक भारतमा टर्मिनल बाेनशकाे प्रावधान धेरै पहिले देखि नै अभ्यासमा रहे पनि नेपालमा पहिलाे पटक याे प्रचलनमा आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

84%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

2%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS