IME Life New

एशियन लाइफको १४.५०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७६ प्रतिशत लाभांश पारित भएको थियो । कम्पनीले बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको बताएको छ ।

Esewa
Crest

आफ्नो हितग्राही खातामा बोनश शेयर जम्मा भएका सदस्यहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले चुक्तापूँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको आधारमा कुल १५ दशमलव २६ प्रतिशत लाभांश यस वर्ष वितरण गरेको हो । लाभांश प्रयोजनका लागि असोज ४ गते एक दिन बुक क्लोज गरेकोले असोज ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनश शेयर प्राप्त गरेका छन् ।

असोज ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा भने बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राखी फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिए एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS