IME Life New

एशियन लाइफको सीईओमा दोहोरिए श्रेष्ठ, थप ४ वर्ष कमान सम्हाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश लाल श्रेष्ठ दोहोरिने भएका छन्। कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई थप चारवर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी माघ १ गतेदेखि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ। श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ। २०७७ माघ १ गतेबाट कार्यभार सम्हालेका श्रेष्ठले अब थप ४ वर्ष एशियन लाइफमै रहेर २०८५ साल पुस मसान्तसम्म सीईओको जिम्मेवारी सम्हाल्नेछन्।

Esewa
Crest

श्रेष्ठको नियुक्तिको पूर्वस्वीकृतिका लागि सञ्चालक समितिले प्राधिकरणसमक्ष सीईओसँग सञ्चालक समितिले गरेको नियुक्तिसम्बन्धी करारको प्रतिलिपिसहित निवेदन पेस गरिसकेको छ। यद्यपि, प्राधिकरणका तर्फबाट साबिकमा झैँ अनुमोदन गरिएको छैन। प्राधिकरणले सीईओ नियुक्तिको निर्णयबारे जानकारीमात्र लिएको छ।

बीमा ऐन, २०७९ दफा ५७ को उपदफा ४ मा योग्यता पुगेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरी त्यसरी नियुक्त गरेको ७ दिनभित्र प्राधिकरणलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान छ। प्राधिकरणले यसपटक ऐनको प्रावधान पूर्ण कार्यान्वयन गर्दै बीमकको संस्थागत सुशासन निर्देशिका २०८० को दफा २५ (१) को प्रावधानलाई बदर गरेको हो।

श्रेष्ठ एशियन लाइफ इन्स्योरेन्समा एक कार्यकाल सञ्चालकसमेत रहिसकेका छन्। उनले सञ्चालक समितिमा प्रवर्द्धक शेयरधनीका रुपमा गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको प्रतिनिधित्व गरेका थिए। उनले गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा झन्डै डेढ दशक सीईओ पदमा रहेर बैंकिङसम्बन्धी पनि अनुभव हासिल गरेका छन्।

पछिल्लो समय विभिन्न क्षेत्रमा लगानी गरिरहेको एशियन लाइफका तर्फबाट श्रेष्ठ यती एयरलाइन्स र अर्किड होल्डिङ्सको सञ्चालक समितिमा समेत सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%
happy

खुसी

10%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS