IME Life New

एशियन लाइफको लोभलाग्दो प्रगति, २५४.९२% ले बढ्यो नाफा, ईपीएसमा पनि उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार ३ अर्ब १५ करोड शेयरपुँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६९ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म तुलनामा कम्पनीको नाफा २५४.९२ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २६ करोड ३४ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख रुपैयाँ रहेको छ। महाविपत्ति कोषको आकार ३५.५६ प्रतिशत र रिटेन्ड अर्निङको आकार २०१.०८ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ३४ अर्ब ९८ करोड रहेको थियो। अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १७.३० प्रतिशतले वृद्धि भएर ४१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.३९ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब ६१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.४९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ५० करोड ११ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५२ करोड १७ लाख रुपैयाँ खर्चिएको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २९.२० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यी अवधिसम्म ईपीएस ८.२३ रुपैयाँ थियो। पीई रेसियो १९.१९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९.१९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS