IME Life New

एशियन लाइफको बिजनेश एक्सिलेन्स अवार्ड समारोह सम्पन्न, खनाल भए उत्कृष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आयोजना गरेको मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् कार्यक्रम ‘बिजनेश एक्सिलेन्स अवार्ड’ शनिबार बाराको सिमरास्थित होटल इच्छामा सम्पन्न भएको छ। समारोहका अवसरमा कम्पनीले एजेन्सी व्यापार र प्रत्यक्ष व्यापार दुबैतर्फ देशभरमै उत्कृष्ट स्थान हासिल गर्न सफल हरिऔन शाखाका वरिष्ठ अभिकर्ता विपिन कुमार खनाललाई ट्रफी सहित सम्मान् गरेको छ। यसैगरी देशभरमै एजेन्सी व्यापारमार्फत् उत्कृट नतिजा ल्याई दोश्रो स्थान हासिल गर्न सफल वीरगंज शाखाकी वरिष्ठ एजेन्सी म्यानेजर देवका कुमारी बराललाई समेत ट्रफी सहित कम्पनीको तर्फबाट सम्मान गरिएको छ।

कम्पनीका अनुसार मधेश प्रदेशले यस वर्ष एशियन लाइफबाट एजेन्सी बिजनेश र प्रत्यक्ष बिजनेश दुबैतर्फ प्रथम् र एजेन्सी बिजनेशतर्फ दोश्रो स्थान हासिल गरेको छ। कम्पनीका अनुसार एउटै प्रदेशबाट राष्ट्रिय स्तरमा एकभन्दा बढी उपाधी हासिल गर्ने मधेश प्रदेश एक मात्र हो । कम्पनीले प्रत्येक वर्ष देशभरमै उत्कृष्ट अभिकर्तालाई भव्य समारोहको आयोजना गरेर सम्मान गर्दै आएको छ।

Esewa
Crest

कार्यक्रममा मधेश प्रदेशभरिमा उत्कृष्ट स्थान हासिल गर्न सफल प्रत्यक्ष व्यवसायतर्फ प्रथम् विपिन कुमार खनाल, द्वितीय बर्दिबास शाखाकी रविता कुमारी यादव र कलैया शाखाकी अनिता देवी सिंहलाई समेत सम्मान गरिएको थियो । यसैगरी एजेन्सी बिजनेश तर्फ उत्कृष्ट हरिऔन शाखाका अभिकर्ता विपिन कुमार खनाल, वीरगंज शाखाकी देवका कुमारी बराल र हरिवन शाखाकी शर्मिला कुमारी खत्री खनालले क्रमशः प्रथम् द्वितीय र तृतीय स्थान हासिल गरेकोमा कम्पनीले सम्मान गरेको छ ।
विजेताहरुलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत् दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुलि र प्रदेश प्रमुख रामरुप सहनीले संयुक्तरूपमा ट्रफी हस्तान्तरण गरेका थिए  । कार्यक्रमको अवसरमा वीरगंज, कलैया, हरिऔन, बर्दिबास, जनकपुर, राजविराज, लहान र गाइघाट शाखा अन्तर्गतका उत्कृष्ट अभिकर्तालाई समेत प्रशंसा पत्र र करूवा सहित सम्मान गरिएको थियो ।
दुई दिने कार्यक्रमको पहिलो दिन अभिकर्ताहरुलाई मोटिभेशनल ट्रेनर लेखनाथ पाैड्यालले प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटनका अवसरमा पेशागत अभिकर्ता संघका प्रतिनिधि चन्द्रशेखर साहको समेत करिब २०० जना अभिकर्ताको सहभागीता थियो।
एशियन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई व्यवसायीक प्रशिक्षणका साथै उत्कृष्ट अभिकर्ताहरुको सम्मानका लागि गत वर्षदेखि प्रादेशिकरुपमा बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ। यसअघि काठमाडाैं, बिर्तामोड, भैरहवा र नेपालगंजमा विजनेश एक्सिलेन्स अवार्ड समारोह सम्पन्न भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS