IME Life New

एशियन लाइफको बिजनेश अचिभर्स अवार्ड समारोह सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको बिजनेश अचिभर्स अवार्ड २०२४ अभिकर्ता सम्मान् समारोह पोखरा ग्राण्ड होटलमा सोमबार सम्पन्न भएको छ। इन्स्योरेन्सका अनुसार शनिबारदेखि सोमबारसम्म तीन दिने समारोहमा देशभरबाट २ सय भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

समारोहका अवसरमा व्यवसायीक अभिकर्ताको दक्षता अभिवृद्धिका लागि भारतीय प्रशिक्षक शैय्यद अहमद अफजलले व्यवसायीक प्रशिक्षण दिएका थिए । उनले जीवन बीमा योजनालाइ कसरी पारिवारिक र सामाजिक आवश्यक्ता र जीवनचक्र जोडेर बिक्री गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिए।

Esewa
Crest

इन्स्योरेन्सका अनुसार समारोहका अवसरमा आर्थिक वर्ष २०८०-८१ मा क्लब मेम्बर र बिजनेश म्यानेजरका लागि योग्य भएका अभिकर्तालाई सम्मान गरिएको थियो। उनीहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

सो समारोहका अवसरमा क्लब मेम्बर मध्ये गत आवमा देशभरमा क्लब मेम्बरतर्फ प्रथम खुदा प्रसाद द‌‌गाल (चाबहिल) , द्वितीय जसी राम विक र तृतीय महेश कुमार श्रेष्ठ(हात्तीगाैंडा) लाई बिजनेश म्यानेजर खेमराज गिरी(दाङ), प्रवेश मान मानन्धर(सुर्खेत) र देवका कुमारी बराल(वीरगंज) लाई बिजनेश अचिभर्स अवार्डबाट सम्मान गरेको थियो । यसैगरी सुपर बिएम केशव राज गिरी र गोविन्द पन्थलाई पनि कम्पनीले सम्मान गरेको छ। इन्स्योरेन्सका अनुसार प्रत्यक्ष कमिशन आम्दानीका आधारमा तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई क्लब मेम्बर र अभिकर्ता सञ्जालमार्फत् व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई बिजनेश म्यानेजर क्लबको सदस्यता दिइने गरेको छ।

सहभागिता अभिकर्तालाई इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली र पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले प्रसंशा पत्र सहित सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS