IME Life New

एलआईसी र जीआईसीको हिस्सेदारी बेच्ने तयारीमा भारत सरकार, डेढ सय अर्ब उठाउने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२४।२५ मा भारतीय जीवन बीमा निगम (एलआईसी) र भारतीय जनरल इन्स्योरेन्स कर्पोरेशन (जीआईसी) जस्ता सरकारी बीमा कम्पनीमा आफ्नो केही हिस्सेदारी बेच्ने योजना बनाएको छ। लगानीकर्ताको चासो मूल्यांकन गरी भारत सरकारले यस्तो निर्णय गरेको हो।

रोयटर्समा प्रकाशित समाचार अनुसार भारत सरकारले एलआईसीको चरणबद्ध रुपमा शेयर बिक्री गर्नेछ। ७ वर्षमा १० प्रतिशत र १० वर्षमा २५ प्रतिशत शेयर बिक्री गर्ने लक्ष्य सन् २०२२ मा सूचीकृत भएपछि यथावत रहेको छ । यद्यपि, यी बिक्री एलआईसीको शेयरको प्रदर्शन र लगानीकर्ताको चासोका आधारमा ‘स–साना किस्तामा’ गरिने समाचारमा उल्लेख छ। पछिल्ला ५ महिनामा एलआईसीको शेयरभाउ ५८ प्रतिशतले बढेको छ।

Esewa
Crest

एलआईसीमा सरकारी शेयर बिक्रीको प्रक्रिया जारी रहन सक्छ। भारत सरकारले अब एलआईसीको थप १.५ प्रतिशत शेयर बेच्ने योजनामा छ। एलआईसीको आइपीओको समयमा भारत सरकारले कम्पनीको ३.५ प्रतिशत हिस्सेदारी बेचेको थियो। अब थप नयाँ १.५ प्रतिशत शेयर बेच्ने उद्देश्य एलआईसीलाई इन्डेक्स फन्डमा समावेश गर्नु हो।

एलआईसीको हिस्सेदारी बेचेर भारत सरकारले करिब भारु ९२ अर्ब उठाउने योजना बनाएको छ।

उता जीआईसीका लागि आयोजना गरिएको इन्भेस्टर रोड शोमा राम्रो प्रतिक्रिया आएको छ । भारत सरकारले यो कम्पनीमा रहेको आफ्नो १० प्रतिशत शेयर किस्ताबन्दीमा बेच्ने विचार रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ।

यसबाट भारत सरकारले करिब भारु ५७ अर्ब प्राप्त हुने अपेक्षा गरेको छ। पछिल्लो ५ महिनामा जीआईसीको शेयरभाउ लगभग ४५ प्रतिशतले बढेको छ।

हालसम्म यस सम्बन्धमा भारतको वित्त मन्त्रालयबाट आधिकारिक खबर बाहिर भने आइसकेको छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS