IME Life New

एलआईसी भारतलाई पब्लिक शेयर होल्डिङको नियम पालना गर्न सन् २०३२ सम्मको समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको भारतको सबैभन्दा ठूलो बीमा कम्पनी भारतीय जीवन बीमा निगम (एलआईसी)ले २५ प्रतिशत न्यूनतम पब्लिक शेयर होल्डिङको नियम पालना गर्न सन् २०३२ सम्मको समयसीमा पाएको छ।

भारतको वित्त मन्त्रालयअन्तर्गत अर्थ विभागले शेयर बजार नियामक सेबीको धितोपत्र सम्झौता (विनियम) नियमको नियम १९ए (६) अन्तर्गत सूचीकरण भएको १० वर्षभित्र अर्थात् मे २०३२ सम्म एलआईसीलाई २५ प्रतिशत न्यूनतम सार्वजनिक शेयर होल्डिङ (एमपीएस) प्राप्त गर्न एकपटक छुट दिएको हो।

Esewa
Crest

सन् २०२२ मेमा सरकारले एलआईसीको आइपीओ जारी गर्दै ३.५ प्रतिशत हिससा बेचेको थियो। जुन भारु २१ हजार करोडबराबरको थियो। यो भारतीय शेयर बजारको इतिहासमा हालसम्मकै ठूलो आइपीओ हो।

एलआइसीको शेयरभाउ अहिले आइपीओ निष्कासन मूल्य प्रतिसेयर भारु ९४९ बाट करिब १९ प्रतिशतले घटेको छ। बीएसईमा बिहीबार एलआईसीको शेयर ०.५ प्रतिशतले बढेर भारु ७६४.५५ मा बन्द भएको थियो। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS