IME Life New

एलआईसी भारतमा थुप्रियो बीमितको परिपक्व बीमालेखको अर्बौं रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) भारतमा परिपक्व बीमालेखको बीमितले भुक्तानी लिन नआएको अर्बौं रकम थुप्रिएको छ।

एआईसी भारतले सोमबार संसदमा यसबारे जानकारी पठाएको छ। कम्पनीका अनुसार वित्त वर्ष २०२३।२४ मा बीमितले भुक्तानी लिन नआएका परिपक्व बीमालेखको भारु ८ अर्ब ८० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

कम्पनीका ३ लाख ७३ हजार २८२ बीमितले आफ्नो परिपक्व बीमालेखको रकम बुझ्न नआएको वित्त राज्यमन्त्री पंकज चौधरीले संसदमा लिखित रुपमा जानकारी गराएका छन्। ‘अघिल्लो वर्ष यस्तो रकम ८ अर्ब १५ करोड ४ लाख थियो’, उनले भने, ‘यो रकम ३ लाख ७३ हजार ३२९ जना बीमितले लिन आएका हुन्।’

वर्ष २०२३।२४ मा १० वटा मृत्यु दाबीको १४ लाख रुपैयाँ भुक्तानी नलिन कम्पनीमा नआएको पनि चौधरीले बताए।

बीमितले बीमा दाबी लिन आउन एलआईसीले प्रिन्ट मिडिया र डिजिटल मिडियामा विज्ञापन दिने गर्छ। रेडियो जिङ्गहरुबाट बीमितलाई आफ्ना भुक्तानी लिन बाँकी दाबी लिन आउन पनि कम्पनीले उत्तिकै प्रचार–प्रसार गर्ने गर्छ।

कम्पनीले बीमितले उपलब्ध गराएको ठेगाना पनि साधारण र द्रुतगतिमा चिठ्ठी पठाउने र ई–मेलमार्फत जानकारी गराउने पनि गर्दै आएको छ। ‘त्यतिमात्रै होइन बीमितले उपलब्ध गराएको मोबाइलमा एसएमएस अलर्ट पनि कम्पनीले गर्दै आएको छ’, चौधरीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

40%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS