IME Life New

एलआईसी भारतको नक्कली सूचना सामाजिक सञ्जालमा भाइरल, अन्यौलमा बीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा सूचना निकै छिटो भाइरल भइरहेको छ। यो सूचना भारतीय जीवन बीमा निगम (एलआईसी)ले जारी गरेको दाबी गरिएको छ। यो सूचनामा भनिएको छ, ‘एलआईसीले आफ्ना सबै इन्स्योरेन्स प्रडक्ट र प्लान परिमार्जन गर्न सेप्टेम्बर ३० मा फिर्ता लिन गइरहेको छ।’

सूचनामा यस्ता छन् दाबी

Esewa
Crest
  • एलआईसीले बीमा प्रिमियम परिवर्तन गर्न वा बढाउन सक्छ।
  • बीमा नियम र सर्त परिवर्तन गर्न सक्छ।
  • कम्पनीले नयाँ योजना सार्वजनिक गर्न दुई वा तीन महिना लाग्न सक्छ।
  • त्यस्ता योजना फिर्ता लिन सकिन्छ, जसमा ग्राहकलाई बढी फाइदा दिइन्छ। यसमा जीवनको आनन्द, जीवनको उत्साह, जीवन उत्सव आदि समावेश छन्।

यो सूचनाले एलआईसीका बीमित अन्यौलमा परेका छन्। उनीहरुले यसको आधिकारितामाथि प्रश्न उठाएका छन्।

यता पीआईबी फ्याक्ट चेकमा यो सूचना नक्कली पाइएको छ। पीआईबीले एलआईसीले त्यस्तो कुनै सूचना जारी नगरेको उल्लेख छ। ‘एलआईसीको नाममा सामाजिक सञ्जालमा भाइरल भइरहेको सूचना पूर्णतया नक्कली हो’, पीआईबीले भनेको छ।

पीआईबी फ्याक्ट चेकले उक्त भाइरल म्यासेजको सत्यता सोसल मिडिया प्लेटफर्म एक्समा पोस्टमार्फत खुलाएको छ। एलआईसीको नाममा सामाजिक सञ्जालमा भाइरल भइरहेको सन्देश पूर्ण रुपमा नक्कली भएको बताइएको छ।

एलआईसीले कुनै सन्देशमार्फत यस्तो आदेश जारी गरेको छैन। पीआईबी फ्याक्ट चेकले सबै बीमा उत्पादन वा योजना फिर्ता लिने सन्देशमा गरिएको दाबी पनि पूर्णतया गलत भएको जनाएको छ। ‘एलआईसीले यस्तो केही गर्न लागेको छैन’, पीआईबीले भनेको छ।

सामाजिक सञ्जालमा एलआईसीको नाममा भाइरल सूचनाले बीमा कम्पनीले आफ्ना सबै बीमा उत्पादन र योजना फिर्ता लिएको दाबी गरेको छ। एलआईसीले सेप्टेम्बर ३० मा फिर्ता लिएपछि सबै बीमा उत्पादन र योजना परिमार्जन गर्नेछ र तिनीहरुलाई अक्टोबर १ पछि नयाँ जारी गर्ने दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS