IME Life New

एलआइसी नेपालकाे नेतृत्व सम्हाल्न आउँदैछन् प्रणय कुमार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय स‌ंयुक्त लगानीकाे जीवन बीमा कम्पनी एलआइसी नेपालकाे नेतृत्व सम्हाल्न एलआइसी इण्डियाले प्रणय कुमारलाई पठाउने भएकाे छ । वर्तमान् प्रमुख कार्यकारी अधिकृत एलपि दासकाे थपिएकाे कार्यकाल समेत पुरा हुन लागेकाले प्रणय कुमारलाई आगामी तीन वर्षे कार्यकालका लागी पठाउन लागेकाे सम्बद्ध श्राेतले जानकारी दिएकाे छ।

प्रमुख कार्यकारी अधिकृतकाे रुपमा प्रस्तावित प्रणय कुमार एलआइसी इण्डियाकाे नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) हुन् । एलआइसी इण्डियाले प्रवर्द्धक समूहकाे तर्फबाट संचालक समितिमा आफ्नाे प्रतिनिधित्व गराउँदा प्रमुख कार्यकारी अधिकृतकाे समेत जिम्मेवारी सम्हाल्ने गरी स‌ंचालक समितिकाे सदस्य पदमा नियुक्त गरेर प्रतिनिधि पठाउँछ। प्रणय कुमारले स‌ंभवत मे महिनादेखि कार्यभार सम्हाल्नेछन् ।

Esewa
Crest

वर्तमान् प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास पहिलाे पटक ३ वर्षे कार्यकालका लागी जनवरी २०१९ मा नियुक्त भएका थिए । उनकाे पहिलाे कार्यकाल पुरा भएपनि नयाँ संचालक नियुक्तिमा ढिलाई भएपछि ६ महिनाका लागी कार्यकाल थप गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS