IME Life New

एलआइसीका अभिकर्ताले अब उपदानवापत आठ लाख रुपैयाँ पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी आम निर्वाचनलाई लक्षित गर्दै एक पछि अर्काे पपुलिष्ट कार्यक्रम र नीतिगत निर्णय गरि रहेकाे भारतकाे केन्द्र सरकारले भारतीय जीवन बीमा निगम(एलआइसी)का अभिकर्ता र कर्मचारीको लागि कल्याणकारी कार्यक्रमकाे घाेषणा गरेकाे छ। वित्त मन्त्रालयमार्फत् घाेषित कल्याणकारी प्याकेजहरुमा उपदानकाे सीमा वृद्धि, पुनः नियुक्त अभिकर्ताहरुका लागी नविकरण कमिशन, म्यादी बीमा सुविधा र परिवार पेन्सन याेजना समावेश छन्।

एलआईसी अभिकर्ताका लागी उपदानकाे सीमा ३ लाख भारु(४ लाख ८० हजार रूपैयाँ) बाट बढाएर ५ लाख भारू(आठ लाख रुपैयाँ) कायम गरिएको छ। हाल एलआइसीका अभिकर्ताहरू पुरानो एजेन्सी अन्तर्गत पुरा भएको कुनै पनि व्यवसायमा नवीकरण बीमाशुल्कमा कमिशनका लागी योग्य छैनन्। तर नयाँ प्रावधान लागू भएसँगै अब, पुनः नियुक्त अभिकर्ताहरु नवीकरण कमिशनका लागी योग्य हुनेछन्। यसले अभिकर्ताहरुलाई थप वित्तीय स्थायीत्व प्रदान गर्ने वित्त मन्त्रालयकाे भनाइ छ।

Esewa
Crest

साथै, म्यादी बीमाकाे बीमा‌ंक रकम हालको भारु ३ हजार देखि १० हजारबाट २५ हजार देखि १ लाख ५० हजार भारु कायम गरिएकाे छ। मन्त्रालयले एलआईसीका कर्मचारी परिवारको कल्याणको लागि सबै तहका कर्मचारीलाई समान ३० प्रतिशतको दरले परिवार पेन्सन प्रस्ताव गरेको छ।

यी कल्याणकारी उपायहरूबाट १३ लाखभन्दा बढी एजेन्ट र १ लाखभन्दा बढी नियमित कर्मचारी लाभान्वित हुने वित्त मन्त्रालयले जनाएको छ।

भारतमा आगामी आम निर्वाचन सन् २०२४ काे अप्रिल र मे महिना(२०८१ काे चैत्र बैशाख) मा हुँदैछ। चुनावलाई लक्षित गर्दै महँगी वृद्धिकाे आराेपबाट जाेगिनका लागी भारतकाे केन्द्र सरकारले चामल, चिनी र प्याजकाे निर्यातमा बन्देज लगाई दिएकाे छ। भारतमा राजनीतिक सत्ता पलट हुनका लागी प्याजकाे मूल्यमा सामान्य वृद्धि नै पर्याप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

57%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS