IME Life New

एमडिआरटी २०२६ का लागि नयाँ टार्गेट सार्वजनिक, २०२५ को लक्ष्य पुरा गर्न ४७ दिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) सन् २०२५ का लागि बीमा अभिकर्तालाई तोकिएको लक्ष्य पुरा गर्न अब जम्मा डेढ महिना बाँकी छ। वित्तीय सल्लाहकारहरूको अन्तर्राष्ट्रिय संगठन एमडिआरटीले नेपालका बीमा अभिकर्तालाई लक्षित गर्दै एमडिआरटी सन २०२६ को व्यवसायीक लक्ष्य पनि सार्वजनिक गरि सकेको छ।

एमडिआरटीका अनुसार सन् २०२६ का लागि योग्य हुन नेपालका अभिकर्ताले कुल ५३ लाख ९६ हजार ७ सय रूपैयाँ बीमाशुल्क आम्दानी गर्नुपर्नेछ। एमडिआरटीको लागि योग्य हुन एकल बीमाशुल्कवापत संकलित रकमको ६ प्रतिशत मात्र गणना हुन्छ। नयाँ घोषित लक्ष्यवापतको रकम सन् २०२५ का लागि तोकिएको लक्ष्यभन्दा अभिकर्ताले सन् २०२६ का लागि योग्य हुन अझ बढी रकम बीमाशुल्क वापत संकलन गर्नुपर्ने भएको छ।

Esewa
Crest

एमडिआरटीको सन् २०२४ को व्यापारका आधारमा सन् २०२५ का लागि र २०२५ को व्यापारका आधारमा २०२६ का लागि योग्य हुनेछन् । सन् २०२४ को आगामी डिसेम्बर महिनासम्ममा अभिकर्ताले कुल बीमाशुल्क ४६ लाख ९२ हजार ९ सय रूपैयाँ बीमाशुल्क आम्दानी गर्नुपर्नेछ। यो लक्ष्य पुरा गर्नका लागि यहाँका अभिकर्तासँग अझै ४७ दिन बाँकी छ।

म जसरी पनि गर्छु भनेर आँट्ने अभिकर्ताका लागि यति समय यो लक्ष्य पुरा गर्नका लागि पर्याप्त हुन्छ। नेपालको जीवन बीमा बजारमा एक सातामै एमडिआरटीको लक्ष्य पुरा गर्न सफल अभिकर्ताको उदाहरण प्रायः सबैजसो जीवन बीमा कम्पनीमा छ।

सन् २०२५ को एमडिआरटी वैश्विक सम्मेलन चीनको मकाउ २४ देखि २७ अगस्त २०२५(२०८२ भदाै ८ देखि ११ गते) मा हुनेछ।

एमडिआरटी समूहमा एमडिआरटी, सिओटी र टीओटी समेत सदस्यताका लागि तीन तह निर्धारण गरिएका छन् । प्रत्येक तहका लागि कूल बीमाशुल्क आम्दानी, कमिशन वा आम्दानीका आधारमा फरक फरक लक्ष्य निर्धारण गरिएका छन् । यीमध्ये कुनै एक लक्ष्य पुरा गर्नेले तोकिएको वर्गमा सदस्यताका लागि आवेदन दिन सक्छन् ।

मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) विश्वभरका व्यवसायीक वित्तीय सल्लाहकारहरुको साझा स‌ंगठनको रुपमा हेरिँदै आएको छ। यस अन्तर्गत आबद्ध सदस्यहरुले वर्षमा एक पटक विश्वव्यापी सम्मेलनमा सहभागिताको अवसर प्राप्त गर्छन् । साथै अन्तर्राष्ट्रिय सञ्जालमा आबद्धताको अवसर समेत प्राप्त गर्छन्। यो स‌ंगठनमा आबद्धतालाई प्रतिष्ठा र ग्ल्यामरको विषय नबनाइने हो भने यसका लागि गरिने लगानीको तुलनामा अभिकर्ताले प्राप्त गर्ने प्रतिफल निक्कै न्यून हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS