IME Life New

एभरेष्ट बैंकले संचालनमा ल्यायो अफलाइन भुक्तानी’ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले फोने पे नेपालसंगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ। बैंकका सम्पूर्ण ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने छन्। यस सेवा अन्तर्गत ग्राहकहरूले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।

विशेष कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको उद्घाटन गरे। सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

Esewa
Crest

सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ ऊर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए।

साथै फोने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरूलाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने बताएका छन्। हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरूमा मात्रै उपलब्ध हुनेछ।

यस सेवालाई ग्राहकहरूले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई व्यापारीको स्मार्टफोनमा ‘टयाप’ गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरूले आफूसँग भएको ‘फोन पे बिजनेस एप’ बाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन्।

देशै भरी छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS