IME Life New

एभरेष्ट बैंकले शाखा, प्रादेशिक कार्यालय संचालनका लागि जग्गा खरिद गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा कार्यालय तथा प्रादेशिक कार्यालय संचालनका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले धनगढीस्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि जग्गा खरिद गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।

घरजग्गा धनगढी चौराहा चोकबाट पूर्व तर्फ मेनरोड रातो पुल कैलाली पुल हुँदै क्याम्पस चोक आसपास क्षेत्रसम्म वा चौराहा चोकबाट उत्तरतर्फ अत्तरिया जाने सडकको १ किलोमिटर दूरीसम्म पर्ने मूलसडकसँग दायाँ वा बाँया जोडिएको हुनुपर्ने जनाएको छ ।

Esewa
Crest

जग्गाको क्षेत्रफल कम्तीमा १.५ कठ्ठा तथा बढीमा २ कठ्ठा हुनुपर्ने र मूलसडकसँग जोडिएको जग्गाको मोहडा कम्तिमा करिब ४० फिटसम्म हुनुपर्ने जनाएको छ ।

बैंकले उल्लेख गरेको घरजग्गा भएका घरधनी, ब्यक्ति, फार्म तथा संघसंस्थाले १० दिनभित्र बैंकको प्रादेशिक कार्यालय, धनगढीमा प्रस्ताव पेश गर्न आग्ह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS