IME Life New

एभरेष्ट बैंकको २८ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर मिति २०७९ कार्तिक ५ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । बैंकमा डिजिटल बैंकिङ्ग प्रर्वद्दन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो । बिहान ७ः३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन भएको थियो ।

सो कार्यक्रमको उदघाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङ्गको विषयवस्तु पुरा गर्न जोड दिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले कुनै पनि समय र स्थानबाट र्बैंकिङ्ग सेवा लिन तथा आफ्नो नियन्त्रणमा राख्न सक्ने कुरा बताए । सोही अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले २४ घण्टा सातै दिन रकमान्तर, बिल भुक्तानी, मोबाइट टपअप, क्युआर भुक्तानी क्युआर लगायतका अन्य थुप्रै सेवा तथा सुविधा लिन सक्ने बताए ।

Esewa
Crest

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS