IME Life New

एभरेष्ट बैंकको एजिएम भोलि, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा भोलि असोज ३० गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने बैंकले जनाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे शुरु हुने जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आथिृक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गरेको थियो । त्यसकारण असोज १५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र बैंकको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS