IME Life New

एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद भर्ने म्याद १० दिन बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्सको ३०० सय प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन असार १६ गतेसम्म रहेको छ । इन्स्योरेन्सले चैत्र २७ गते नेपाल धितोपत्र बोर्डबाट १ शेयर बराबर ३ अर्थात ३ सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।

हकप्रदमा वैशाख ८ गतेसम्म कायम शेयरधनीले असार १६ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले वैशाख ९ गते बुक क्लोज गरेको थियो । हकप्रद निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Esewa
Crest

हकप्रदमा आवेदन दिनको लागि एभरेस्ट इन्स्योरेन्सको सम्पूर्ण शाखाहरु, सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, सी आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट समेत हकप्रद भर्न सकिने छ ।

२७ करोड ३९ लाख ८२ हजार चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ । सो हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS