IME Life New

एफवान सफ्ट ग्रुपको ब्राण्ड एन्डोर्सरमा तीन राष्ट्रिय क्रिकेट खेलाडी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सरको रूपमा सम्झौता हस्ताक्षर गरेको छ। एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको हो।

क्रिकेटरहरुसँगको यस सम्झौता हस्ताक्षर असोज १८ गते एफवान सफ्ट ग्रुप का निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।

Esewa
Crest

यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ। खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमतालाई अझै सशक्त बनाउन खोजेको र नेपाली क्रिकेट जगत कै उत्थान हुने आश एफवान सफ्ट ग्रुपले लिएको छ। खेलाडिहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विश्वास पनि कम्पनीले गरेको छ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने, “हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं। यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो। यस्का साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ ।ू

१९ वर्ष भन्दा बढी सञ्चालन अनुभव १९ भएको एफवान सफ्ट ग्रुपले नवीन उत्पादनहरू र सेवाहरू निरन्तर आविष्कार गर्दै आएको छ। एफवान सफ्ट ग्रुप नेपालको पहिलो अनलाइन भुक्तानी गेटवे र डिजिटल वालेट विकास गरेको हो। एफवान सफ्ट का उत्पादनहरू र सेवाहरू ६०ं बैंकहरू र वित्तीय संस्थाहरूका २० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूद्वारा प्रयोगमा छन्।

संस्थाले समग्र नेपालीहरूलाई सजिलो, छिटो र सुविधाजनक तरिकाले औपचारिक डिजिटल वित्तीय इकोसिस्टममा प्रवेश गर्न सक्षम बनाउँदै आएको छ र अब विश्वभरका प्रयोगकर्ताहरूलाई यो उपलब्ध गराउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS