IME Life New

एनएलजी इन्स्योरेन्सको सबै सूचांक सकारात्मक, बीमा शुल्क आम्दानी र मुनाफा दुवै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिकम वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २१ करोड १७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ७५ प्रतिशतले बढी हो ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३८ करोड ४४ लाख रुपैयाँ संचिती रहेको गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २२ करोड ४६ लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको बीमा कोषमा ९२ करोड ६९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको महा विपत्ती कोषमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५करोड २५ लाख रुपैयाँ मात्र खद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १६ दशमलव ६२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० करोड २३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ९० लाख रुपैयाँ खद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी २६ दशदमव ३९ प्रतिशतले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले ५६ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २७ दशमदव २० प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ३७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS