IME Life New

एनएमबि लघुवित्तले १ लाख ८ हजार कित्ता हकप्रद लिलामीमार्फत विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद लिलामी मार्फत विक्री गर्ने भएको छ । संस्थाको यस अघि निष्काशन भएको हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि नबिकेको शेयर लिलामीमार्फत विक्री गर्न लागेको जनाएको छ ।

एनएमबि लघुवित्तले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३.७५ कित्ता (१५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणतर्फको १ लाख ८ हजार ७३३ दशमलव १३ कित्ता शेयर लिलामीमार्फत विक्रीमा ल्याउन लागेको हो । लिलामी शेयरमा माघ ५ गतेदेखि १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकेको छ । त्यसकारण सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति कम्पनी, संघ संस्थाहरुले माघ १२ गतेभित्र बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा तथा सनराइज बैंकको शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS