IME Life New

एनएमबि बैंक र खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको शुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ । यस कर्जा मार्फत किसानहरुले खेति एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन् । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको छ ।

किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झंझट ब्यहोर्नुपर्ने हुंदैन । यो कर्जा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारीत कर्जा भएकाले किसानहरुले खेतिसँग पहिला गरेको कारोवारको मूल्याङकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

यस एनएमबि खेति कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेति एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान बिवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोवार खेति एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतिका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ ।

देशले कृषिको ब्यवसायिकरणमा जोड दिईरहेको अवस्थामा किसानहरुलाई पूर्णरुपमा डिजिटल प्र्रविद्यिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वित भई समग्र कृषि क्षेत्रको बिकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परि देशको आर्थिक बिकासमा मद्धत पुग्ने बैंक र खेतिको बिश्वास रहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS