IME Life New

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ लन्च सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा इन्स्टा बाइ लन्च गरेको छ । यस नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सुविधाको साथ, ग्राहकहरूले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनौट गर्न सक्नेछन । न्युनतम ब्याजदरमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । इन्स्टा बाइ मार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाहरूको भुक्तानी पनि एएमआईमा रूपान्तरण गर्न सकिन्छ ।

Esewa
Crest

यस सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हुने बैंकले जनाएको छ । यस सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भिसेस मा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ । यस नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकले लिएको जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS